Logo

चार्टर्ड एकाउण्टेण्टको मर्यादामा आँच आउने टीका-टिप्पणी नगर्न एक्यानको आग्रह



काठमाडौं, २० पुस । नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ (एक्यान) ले चार्टर्ड एकाउण्टेण्टको मर्यादामा आँच आउने टीका टिप्पणि नगर्न आग्रह गरेको छ । एक्यानले चार्टर्ड एकाउण्टेण्ट्सको पेसालाई तालिमे पेसाको रुपमा उद्धृत गरी विभिन्न संचार माध्यम टिका टिप्पणी भएको भन्दै सरोकारवाला निकायको ध्यानाकार्षण गराएको हो । चार्टर्ड एकाउण्टेण्टको मर्यादामा आँच आउने कार्य भएमा उनीहरु पलाएन हुन सक्ने खतरा उत्पन्न हुनेसमेत एक्यानले बताएको छ ।

‘विश्वका विभिन्न ठाउँहरुमा यस पेसालाई एक गरिमामय पेशाको रुपमा मान्यता दिइरहदा नेपालमा भने यसको गरिमामा आँच आउने खालको प्रतिक्रिया आउनुले समग्र चार्टर्ड एकाउण्टेण्ट्सहरुको मनोबलमा कमी आएको संघको ठहर छ,’– एक्यानका अध्यक्ष दीपक पाण्डेद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

राज्य व्यवस्थामा चार्टर्ड एकाउण्टेण्ट्सको उचित भूमिका सुनिस्चित गर्न, चार्टर्ड एकाउण्टेण्ट्सहरुलाई उचित समकक्षताको सुनिस्चित गर्न संघले आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस्