काठमाडौं, २० पुस । सरकारले ललितपुरको प्रमुख जिल्ला अधिकारीमा सहसचिव तुलसीबहादुर श्रेष्ठलाई पठाउने भएको छ । श्रेष्ठ यसअघि गृह मन्त्रालयमा कार्यरत थिए । त्यस्तै, ललितपुर प्रहरी प्रमुखको जिम्मेवारी एसएसपी शेखर खनालले पाएका छन् ।
गत शुक्रबार दुई जना युवाको ज्यान जानेगरी ललितपुरको बालकुमारीमा भएको घटनामा तत्कालीन सिडिओ र जिल्ला प्रहरी प्रमुख केन्द्रमा तानिएका थिए ।