Logo

राष्ट्रिय सभा निर्वाचनः बागमतीमा माओवादीबाट देवी खड्काको नाम सिफारिस



काठमाडौं, २१ पुस । आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेकपा (माओवादी केन्द्र) बागमती प्रदेशबाट देवी खड्काको पनि नाम सिफारिसमा परेको छ ।

माओवादी बागमती प्रदेश कमिटीले देवी खड्कासहित ३७ जनालाई सिफारिस गरी केन्द्रमा पठाएको छ । दोलखाकी खड्कालाई महिला क्लास्टरमा सिफारिस गरिएको हो ।

आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा बागमतीबाट चार सिटमा प्रतिस्पर्धा हुँदैछ ।



प्रतिक्रिया दिनुहोस्