Logo

बरहथवा घटनाः मृतकका परिवारलाई १० लाख, तीन सदस्यीय छानविन समिति



काठमाडौं, २१ पुस । गृह मन्त्रालयले सर्लाहीको बरहथवामा एक जना युवाको ज्यान जानेगरी भएको छानविनका लागि तीन सदस्यीय समिति बनाएको छ ।

समितिको संयोजकमा गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतम रहेका छन् । समितिका सदस्यहरुमा प्रहरी नायब महानिरीक्षक सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीमबहादुर बुढाथोकी छन् ।

साथै, मृतकका परिवारलाई १० लाख राहत दिने पनि निर्णय भएको छ । हिजो (शुक्रबार) बरहथवामा प्रहरीको गोली लागेर ३० वर्षीय जयशंकर साहको मृत्यु भएको थियो ।



प्रतिक्रिया दिनुहोस्