Logo

टुँडिखेलमा साकेला नाच्दै मनाइयो उधौली पर्व (फोटोफिचर)



काठमाडौं, २१ पुस । किरात समुदायले विभिन्न कार्यक्रम आयोजना गरी उधौली वर्ष मनाएका छन् । यसैबीच काठमाडौंको टुंडिखेलमा साकेला नाच्दै उधौली मनाइएको छ । उधौलीलाई चिसो बढेसँगै लेकबाट बेसी झर्ने परम्पराको रुपमा मानिन्छ ।

प्रकृति पूजक भनेर चिनिने किरात समुदायको दोस्रो ठूलो चाड ‘साकेला उधौली’ हो । किराँत समुदायमा मङ्सिरे पूर्णिमादेखि १५ दिनसम्म उधौली चाड मनाउने चलन छ ।

उधौलीमा अन्नबालीको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामनाका साथ प्रकृतिको पूजा गर्ने चलन छ । उभौलीमा किरात राईहरूको प्रत्येक घरमा तीन चुल्हा पुज्नुका साथै साकेला थानमा भूमिको पूजाआजा गरेपछि साकेला गीतको भाका तथा ढोल र झ्याम्टाको तालमा सिली टिप्दै गोलो घेरा हालेर साकेला सिली नाच्ने गरिन्छ ।

छितको गुन्यु, मखमलको चोली, पहेँलो पटुकी, दौरासुरुवाल, ढाका टोपीलगायत किराँती मौलिक वेषभूषामा सजिएर हरेक किराँत राईहरूको घर–घरमा नाच्दै गाउँदै हर्षोल्लासका साथ मनाइने यो चाडमा किराँत समुदायमात्र नभई गैरकिराँत समुदायका युवायुवतीसमेत सहभागी भएर साकेला सिली नाच्ने गरेका छन् । Photo By: Mukunda Kalikote/RN



प्रतिक्रिया दिनुहोस्