काठमाडौं, २२ पुस । सत्तारुढ गठबन्धन दलबीच राष्ट्रिय सभा सदस्य निर्वाचनको भागबण्डा टुङ्गिएको छ । यो सँगै सत्तारुढ गठबन्धन दलले राष्ट्रिय सभामा साझा उम्मेदवार उठाउने भएका छन् ।
राष्ट्रिय सभामा नेपाली कांग्रेसले १० सिट, नेकपा (माओवादी केन्द्र) ले ६ सिट, नेकपा (एकीकृत समाजवादी) ले २ सिट र जनता समाजवादी पार्टीले १ सिट पाउने गरी भागबण्डा टुंगिएको छ । जसमा माओवादी केन्द्रले मधेश प्रदेशमा उम्मेदवार उठाउन नपाउने भएको छ ।
माओवादीले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा १/१ सिट गरी ६ सिट पाएको छ ।