काठमाडौं, २२ पुस । सत्तारुढ गठबन्धन दलबीच राष्ट्रिय सभा सदस्य निर्वाचनको भागबण्डा टुङ्गिएको छ । यो सँगै सत्तारुढ गठबन्धन दलले राष्ट्रिय सभामा साझा उम्मेदवार उठाउने भएका छन् । राष्ट्रिय सभामा नेपाली कांग्रेसले १० सिट, नेकपा (माओवादी केन्द्र) ले ६ सिट, नेकपा (एकीकृत समाजवादी) ले २ सिट र जनता समाजवादी पार्टीले १ सिट पाउने गरी भागबण्डा टुंगिएको छ ।
सत्तारुढ गठबन्धन दलले मधेशमा जनता समाजवादी पार्टी (जसपा) लाई १ सिट दिने भएको छ । जसपाबाट शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीसमेत रहेकी प्रमिला कुमारीको कार्यकाल सकिँदैछ । जसपाले मधेशबाट कसलाई साझा उम्मेदवार बनाउने भन्नेबारे निर्णय नभइसकेको पार्टी प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए । साथै, उम्मेदवार टुङ्गो लगाउनका लागि पार्टी कार्यकारिणी बैठक जारी रहेको छ । File Photo/RN