काठमाडौं, २२ पुस । आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले) ले सातै प्रदेशमा उम्मेदवार टुङ्ग्याएको छ । पार्टी महासचिव शंकर पोखरेलले वक्तव्य जारी गरी उम्मेदवारहरुको नाम सार्वजनिक गरेका हुन् ।
एमालेले कोशी प्रदेशमा महिलाबाट रुक्मिणी कोइराला (सुनसरी), अन्यबाट पर्शुराम अधिकारी (भोजपुर) लाई उम्मेदवार बनाउने भएको छ ।
त्यसैगरी मधेशमा महिलाबाट उषादेवी थरुनी (पर्सा), अन्यबाट डा.अर्जुनकुमार सिंह राजपुत (महोत्तरी) लाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
त्यसैगरी, बागमती प्रदेशमा महिलाबाट रोचकुमारी चौलागाईं (दोलखा), अन्यबाट त्रिलोचन निर्मल पौडेल (चितवन), अपाङ्गता/अल्पसंख्यकबाट विवेक देवकोटा (काठमाडौं) र दलितबाट ध्रुवराज विश्वकर्मा (धादिङ) लाई उम्मेदवार बनाउने भएको छ ।
एमालेले गण्डकीमा महिलाबाट सम्झना देवकोटा (गोरखा), अन्यबाट चक्रबहादुर पराजुली (स्याङ्जा), अपाङ्गता/अल्पसंख्यकबाट हेमन्द्र शेरचन (मुस्ताङ) लाई उम्मेदवार बनाएको छ ।
लुम्बिनीमा महिलाबाट तुलसाकुमारी केसी (दाङ), अन्यबाट झपेन्द्रबहादुर घर्ती क्षेत्री (पाल्पा) उम्मेदवार रहेका छन् ।
त्यस्तै, कर्णालीमा महिलाबाट विमलाकुमारी शाही (हुम्ला), अन्यबाट डिल्लीप्रसाद भट्ट (मुगु) र दलितबाट हिक्मत विक (दैलेख) उम्मेदवार रहेका छन् ।
सुदूरपश्चिममा महिलाबाट सावित्रादेवी घिमिरे (कैलाली), अन्यबाट ईश्वरीप्रसाद खरेल (कञ्चनपुर) र अपाङ्गता/अल्पसंख्यकबाट रामचन्द्र जोशी (कैलाली) लाई उम्मेदवार बनाउने एमालेले निर्णय गरेको छ ।
राष्ट्रिय सभामा रिक्त हुन लागेको २० सिटमध्ये १९ सिटमा आगामी माघ ११ गते निर्वाचन हुँदैछ । एमालेविरुद्ध सत्तारुढ दलले गठबन्धन बनाएर उम्मेदवारी दिने भएका छन् ।