Logo

टुटलका संस्थापक शिक्षित भट्ट हाजिरी जमानीमा रिहा



काठमाडौं, २२ पुस । टुटलका संस्थापक शिक्षित भट्ट हाजिरी जमानीमा रिहा भएका छन् । आज (आइतबार) काठमाडौं जिल्ला अदालतले उनलाई हाजिरी जमानीमा छाडेको हो ।

आपराधिक विश्वास घातको आरोपमा उनलाई काठमाडौं प्रहरी परिसरले विहीबार पक्राउ गरेको थियो । काठमाडौं जिल्ला अदालतकी न्यायाधीश शकुन्तला कार्कीको इजलासले उनलाई हाजिरी जमानीमा रिहा गर्न आदेश दिएको हो । भट्टलाई थुनामानै राखी मुद्दा अनुसन्धान गर्नुपर्नेसम्मको अवस्था नदेर्खिँएको आदेशमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्