Logo

नेशनल ईन्जिनियर्स एशोसिएशन बागमतीको मुख्य सचिवमा ईन्जिनियर शर्मा मनोनित



काठमाडौं, २२ पुस । नेशनल ईन्जिनियर्स एशोसिएशन नेपाल बागमती प्रदेशको मुख्य सचिवमा ईन्जिनियर अर्जुन कुमार शर्मा मनोनित भएका छन् ।

हिजो (शनिबार) काठमाडौंमा आयोजित नेशनल ईन्जिनियर्स एशोसिएशन बागमती प्रदेशको प्रथम सम्मेलनले उनलाई मुख्य सचिवमा मनोनित गरेको हो ।

बागमती प्रदेशको प्रथम सम्मेलनमा केन्द्रिय अध्यक्ष ई. प्रमोद यादव, वरिष्ठ उपाध्यक्ष रघुननदन ठाकुर, मधेश प्रदेश ईञ्चार्ज तथा एन.ई.ए.का मधेश प्रदेश सभापति ई. गौरी पण्डित, मधेश प्रदेश अध्यक्ष तथा एन.ई.ए. का मधेश प्रदेश कोषाध्यक्ष ई.तेज नारायण यादव, नेपाल ईन्जिनियरिङ्ग काउन्सिलका रजिष्टार ई.शिवमङ्गल गिरी, नेपाल अगेन्स्ट करप्सनका सन्स्थापक अध्यक्ष ई.राम कुमार ठाकुरलगायतको उपस्थिति रहेको थियो ।

भेलाले ५१ सदस्यीय बागमती प्रदेश समिति गठन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्