Logo

राष्ट्रिय सभा निर्वाचनः सुदूरपश्चिममा सत्तारुढ गठबन्धनका साझा उम्मेदवारले गराए मनोनयन दर्ता



काठमाडौं, २३ पुस । आसन्न राष्ट्रिय सभा निर्वाचनका लागि सुदूरपश्चिममा सत्तारुढ गठबन्धनका साझा उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । आज (सोमबार) धनगढीस्थिति निर्वाचन अधिकृतको कार्यालय पुगेर उनीहरुले मनोनयन दर्ता गराएका हुन् ।

सत्तारुढ गठबन्धन दलले सुदूरपश्चिम प्रदेशमा रिक्त हुने ३ सिटमा नेपाली कांग्रेसका नारायणदत्त भट्ट, बलदेव बोहरा र माओवादीकी नेतृ रेनु चन्दलाई उम्मेदवार बनाएको थियो । सत्तारुढ गठबन्धन दलको सोही निर्णयअनुसार भट्ट, बोहरा र चन्दले उम्मेदवारी दर्ता गराएका हुन् ।



प्रतिक्रिया दिनुहोस्