Logo

सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने मालपोतका कर्मचारीविरुद्ध अख्तियार सर्वोच्चमा



काठमाडौं, २३ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरी भ्रष्टाचार गरेको आरोपमा मालपोतका कर्मचारीविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । भ्रष्टाचार मुद्दामा विशेष अदालतले सफाइ दिएपछि अख्तियार उनीहरुविरुद्ध पुनरावेदन गएको हो ।

नापी प्रमुख सियाकान्त चौधरी, मालपोत प्रमुख यदुनाथ दाहाल, नायव सुब्बा चन्द्रबहादुर कार्की, गजेन्द्र बहादुर थापा, रामबहादुर थापा, अमिन गणेशकुमार खिडहरीविरुद्ध अख्तियार पुनरावेदन गएको हो ।



प्रतिक्रिया दिनुहोस्