Logo

उच्च अदालतका ३९ नवनियुक्त न्यायाधीशले लिए पद तथा गोपनियताको शपथ



काठमाडौँ, २३ पुस । उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौलाले उच्च अदालतमा नवनियुक्त न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।

उच्च अदालत पाटनमा आज आयोजित समारोहमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको उपस्थितिमा नवनियुक्त ३९ जना न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ गराइएको हो ।

न्याय परिषद्को यही पुस १८ गतेको बैठकले उच्च अदालतमा रिक्त ४० पदमध्ये ३९ जना न्यायाधीश नियुक्त गरेको थियो । उच्च अदालतमा नियुक्त भएका न्यायाधीशमध्ये २६ जिल्ला अदालतका न्यायाधीश रहेका छन् । न्याय सेवा र सरकारी वकिलबाट चारजना अधिकृत न्यायाधीशमा नियुक्त भएका थिए । बाँकी नौ जना कानुन व्यवसायीबाट न्यायाधीशमा नियुक्त भएका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot