Logo

रियल गोर्खा बचत तथा ऋण सहकारीका अध्यक्ष पक्राउ, १२ करोड बढि हिनामिना



काठमाडौं, २३ पुस । काठमाडौंको तीनकुनेमा केन्द्रीय कार्यालय रहेको रियल गोर्खा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हर्कबहादुर कठायत पक्राउ गरेका छन् । बचतकर्ताको १२ करोड ३५ लाख ४८ हजार २ सय २ रुपैयाँ बयानब्बे पैसा बचत रकम अपचलन तथा हिनामिना आरोपमा उनी पक्राउ परेका हुन् ।

कठायतसँगै सहकारीको सदस्य रहेका विनोद कुमार ओझा पनि पक्राउ परेका छन् । उनीहरुलाई गत पुस १८ गते पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्