Logo

राष्ट्रिय सभा निर्वाचनः मधेशमा पाँच जनाको उम्मेदवारी दर्ता



काठमाडौं, २३ पुस । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा शान्तिपूर्ण रुपमा मनोनयन दर्ता भएको छ । स्वीकृत निर्वाचन कार्यतालिका अनुसार आज (सोमबार) विहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म मनोनयनका लागि समय निर्धाण गरिएको थियो । उक्त समयावधिमा सातै प्रदेशमा ५२ जनाले मनोनयन दर्ता गराएका छन् । सबै निर्वाचन अधिकृतको कार्यालयमा शान्तिपूर्ण रुपमा मनोनयन दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार मधेश प्रदेशमा महिला समूहका लागि २ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि ३ राजनीतिक दलका तर्फबाट जम्मा ५ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ ।

मधेशमा महिला समूहतर्फ नेकपा (एमाले) की उषादेवी थरुनी र जनता समाजवादी पार्टीबाट पुजा चौधरीले उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी अन्य समूहबाट एमालेकी कुमारी विजेता झा, नेपाली कांग्रेसका आनन्द प्रसाद ढंगाना र जनमत पार्टीका रामशंकर महासेठले उम्मेदवारी दर्ता गराएका छन् ।



प्रतिक्रिया दिनुहोस्