Logo

बुढानीलकण्ठ नगरपालिकाका सब–इन्जिनियर र ठेकेदारविरुद्ध भ्रष्टाचार मुद्दा दायर



काठमाडौं, २४ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुढानीलकण्ठ नगरपालिकामा कार्यरत सब–इन्जिनियर टीकाराज राई र ठेकेदार रामचन्द्र सुनुवारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

घर निर्माण सम्पन्न भएको प्रमाणपत्र उपलब्ध गराए वापत सेवाग्राहीसँग ८० हजार घुस लिइसकेको अवस्थामा अख्तियारको टोलीले गत मंसिर १४ गते सब इन्जिनियर राई र ठेकेदार सुनुवारलाई पक्राउ गरेको थियो। अख्तियारले उनीहरुविरुद्ध आज (मंगलबार) विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

मुद्दामा सब–इन्जिनियर राईलाई मुख्य कसुरदार र ठेकेदार सुनुवारलाई मतियार बनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्