Logo

आफ्नै छोराको हत्या अभियोगमा ३६ वर्षीय राई पक्राउ



काठमाडौं, २४ पुस । आफ्नै छोराको हत्या अभियोगमा प्रहरीले इलाम माई नगरपालिका– ६ बिहिबारेका ३६ वर्षीय दिलकुमार राईलाई पक्राउ गरेको छ ।

घरायसी विवादको क्रममा दिलकुमारले खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएका १९ वर्षीय जीवनको बिएण्डसी अस्पताल विर्तामोडमा उपचारको क्रममा मृत्यु भएको थियो ।

महमाईबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्