Logo

न्याय सेवामा कार्यरत २ सय १९ अधिकृतको सरुवा (सूचीसहित)



काठमाडौं, २४ पुस । न्याय सेवाका दुई सय १९ कर्मचारीको सरुवा भएको छ । न्याय सेवा आयोगले न्याय सेवामा कार्यरत कर्मचारीहरुको सरुवा गरेको हो ।

प्रधानन्यायधीशको अध्यक्षतामा रहने न्याय सेवाको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । सरुवा हुनेमा ७ उपसचिव र दुई सय १२ जना शाखा अधिकृतस्तरका कर्मचारी रहेका छन् ।

न्याय सेवाको अध्यक्ष प्रधानन्यायाधीश र चार सदस्यमा कानुन मन्त्री, वरिष्ठतम् न्यायाधीश, लोक सेवा आयोगका अध्यक्ष र महान्यायाधिवक्ता रहने व्यवस्था रहेको छ ।



प्रतिक्रिया दिनुहोस्