Logo

टुडिखेलमा हुने माघी महोत्सवका लागि स्टल बुकिङ खुल्ला



काठमाडौँ, २४ पुस। काठमाडौँको टुँडिखेलमा थारू राष्ट्रिय माघी महोत्सवको लागि स्टल बुकिङ खुल्ला भएको छ । पुस २९ र माघ १ गते हुने माघी महोत्सवका लागि स्टल खुल्ला भएको माघी महोत्सवका स्टल संयोजक चन्द्रप्रकाश चौधरीले बताए ।

उनका अनुसार महोत्सवमा स्टल राख्नका लागि हालसम्म ४० वटा बुक भइसकेको छ भने थप स्टलहरू पुस २७ गतेसम्म बुकिङका लागि खुल्ला रहनेछ ।

महोत्सवमा थारु खानपिन, हस्तकला, पुस्तक प्रर्दशनीका करिब एक सयवटा स्टलहरु रहने उनले जानकारी दिए । जसमा थारु जातिले माघी पर्वमा खाने विशेष खाना परिकार ढिक्री, अन्डिक भात, खिचरी, तिलको लड्डु, लाईमुरही, भुजा, अन्डी जाँडको झोल, दारु, केराको तरुवा, सखरखण्ड, खरिया, सुँगुर÷बंगुरको मासु, परेवाको मासु, माछा, घोघी, गंगटो, सिधरा (मसुलार), आलू सिन्की, बयरको चटनी, बरिया, चामलको गुरी, काथ्या रोटी, अन्डीक रोटी, तेलपौर रोटी, झझ्रा रोटी लगायतका परिकार पाइनेछ ।

थारुहरुको मातृसंस्था थारु कल्याणकारिणी सभाले अगुवाइ गरेर काठामाडौंमा विगत २० वर्षदेखि माघी पर्वलाई महोत्सवको रुपमा मनाउँदै आएको छ । जसमा थारू विद्यार्थी समाज, थारू महिला समाज, थारू पत्रकार संघ, थारू सांस्कृतिक संघलगायतका २० बढी सामाजिक संस्थाहरूले संयुक्त रुपमा साथ दिँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot