Logo

प्रधानमन्त्रीको स्पष्टोक्तिः भारतलाई एक पक्षीय रुपमा योजना छनोट र कार्यान्वयन गर्न दिने गरी सम्झौता भएको छैन



काठमाडौं, २५ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतसँग एक पक्षीय रुपमा योजना छनोट र कार्यान्वयन गर्न दिने गरी कुनै पनि सम्झौता नभएको बताएका छन् । आज (बुधबार) प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकलाई सम्बोधन गर्दै उनले भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा भएका सम्झौतामा त्यस्तो कुनै प्रावधान नराखिएको स्पष्ट पारेका हुन् ।

उनले भारतीय दूतावासले नेपालमा २० करोड रुपैयाँसम्म सिधै खर्च गर्न पाउने सम्झौतबारे तनाव लिन आवश्यक नरहेको बताए । नेपाल सरकारले नै आयोजना कार्यान्वयनको नियमित अनुगमन, आवधिक समीक्षा गर्ने उनको भनाइ छ ।

‘भारतसँग भएका सम्झौतामा कुनै त्यस्तो प्रावधना राखिएको छैन, जसले भारतीय पक्षलाई एक पक्षीय रुपमा आयोजना छनोट र कार्यान्वयनको सुविधा दिन्छ । आयोजना कार्यान्वयनको निमित्त नेपाल सरकारकै संयन्त्रबाट नियमिति अनुगमन र अद्यावधिक समीक्षा हुन्छ । नेपाल सरकारले चाहेको बेलामा जुनसुकै निर्णय लिनसक्ने अधिकार नेपालसँग नै छ,’– प्रधानमन्त्री प्रचण्डले भने । File Photo/RN



प्रतिक्रिया दिनुहोस्