Logo

सन्दीपविरुद्धको मुद्दामा सजाय निर्धारणका लागि वहस जारी



काठमाडौं, २५ पुस । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा सजाय निर्धारणका लागि वहस जारी रहेको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलास बहस भइरहेको हो । सन्दीप विरुद्ध गौशला–२६ (परिवर्तित नाम) ले बलात्कार मुद्दा दायर गरेकी थिईन् । सन्दीप उक्त मुद्दामा दोषी ठहर भइसकेका छन् ।

गौशला–२६ पक्षका कानुन व्यवसायीहरुले उनलाई अधिकतम सजाय हुनुपर्ने जिकिर लिइरहेका छन् भने सन्दीप पक्षका कानुन व्यवसायीहरुले न्युनतम सजाय तोकिनुपर्ने भन्दै वहस गरिरहेका छन् ।

उनले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१) विपरीत अपराध गरेको ठहर भएको थियो । उनलाई सोही ऐनका दफा २१९ (३) (ङ) बमोजिम सजाय निर्धारण हुनेछ । उनलाई ७ वर्षदेखि अधिकतम् १० वर्षसम्म सजाय तोकिने छ । File Photo/RN



प्रतिक्रिया दिनुहोस्

Screenshot