Logo

सन्दीप लामिछानेलाई क्यानले गर्‍यो निलम्बन



काठमाडौं,२६ पुस । बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ८ वर्षको जेल सजाय पाएपछि राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान एवं स्टार स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले अन्तर्राष्ट्रिय र घरेलु क्रिकेट गतिविधिबाट निलम्बन गरेको छ । अध्यक्ष चतुरबहादुर चन्दले एक विज्ञप्ति जारी गर्दै अदालतले दोषी ठहर्‍याएको हुँदा निलम्बन गरिएको बताएका छन् ।

क्यानले विज्ञप्ती जारी गर्दै सन्दीपलाई घरेलु तथा अन्तर्राष्ट्रिय कुनै प्रकारका क्रिकेट प्रतियोगिताबाट निलम्बन गरिएको जनाएको हो । बलात्कार मुद्दामा दोषी ठहर भएसँगै अदालतले सन्दीपलाई ८ वर्ष जेल सजाय तोकेको छ ।

सन्दीयपले आजमात्र क्यानलाई पत्र लेख्दै टिमबाट अलग हुने स्वघोषणा गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्