Logo

रित गौतमको कप्तानीमा प्रधानमन्त्री कपका लागि बागमतीको टिम घोषणा, सन्दीप जिम्मेवारीबाट अलग



काठमाडौं,२६ पुस । शनिबार राजधानीमा सुरु हुन लागेको प्रधानमन्त्री कप पुरुष टी-२० राष्ट्रिय क्रिकेटका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । नियमित कप्तान सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर भएपछि क्यानबाट निलम्बनमा परेपछि उपकप्तान रित गौतमको कप्तानीमा बागमतीले १४ सदस्यीय टिम घोषणा गरेको हो ।

१४ सदस्यीय टिमको कप्तानी रित गौतमले गर्नेछन्। यस्तै रबिन जोशी विकेटकिपरको रुपमा छन्।

टिममा आशुतोष घिरोइया,इशान पाण्डे,विवेक राना मगर,प्रतिक श्रेष्ठ,प्रतिश जिसी, सूर्य तामाङ, कृजन गुरुङ,रिजन ढकाल, गौतम केसी, अशोक पौडेल,सोनु देवकोटा र विपिन आचार्य छन्।

बागमतले शनिबार पहिलो खेलमा नेपाल पुलिससँग खेल्नेछ । प्रधानमन्त्री कप पहिलो पटक राउन्ड रोविनको आधारमा हुनेछ । टियु,मुलपानी र भैरहवामा एक साथ प्रतियोगिता सन्हुचालन हुनेछ ।



प्रतिक्रिया दिनुहोस्