Logo

प्रधानमन्त्री कपको पूर्वसन्ध्यामा रोहितले छाडे त्रिभुवन आर्मी क्लब



काठमाडौं,२६ पुस । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले विभागीय टिम त्रिभुवन आर्मी क्लब छाडेका छन् ।

शनिबारबाट राजधानीमा सुरु हुन लागेको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटको पूर्वसन्ध्यानमा रोहितले आर्मी क्लब छाडेका हुन् ।

रोहितले पछिल्लो पटक आर्मीबाट गत महिना विरगंजमा सम्पन्न प्रो क्लब च्याम्पियनसिप खेलेका थिए । रोहित सन् २०१८ मा एपिएफले प्रधानमन्त्री कपको उपाधि जित्दा टोलीका सदस्य थिए । त्यसपछि रोहित एपिएफ छाडेर आर्मी गएका थिए ।

रोहितले अब नेपाल पुलिस क्लब वा नेपाल एपीएफ क्लब मध्ये एकबाट खेल्ने सम्भावना उच्च रहेको स्रोतले जनाएको छ ।

रोहित गत वर्ष नेपालको कप्तानमा नियुक्त भएका थिए । उनको कप्तानीमा नेपालले सानदार प्रदर्शन गर्दै आएको छ । ओडिआई मान्यता निरन्तरता, टि२० विश्वकपमा पुनः स्थान र पहिलो पटक एसिया कप खेल्ने जस्ता ठूलो उपलब्धि हात पारेको छ ।

प्रधानमन्त्री कप पहिलो पटक डवल राउन्ड रोविनको आधारमा हुनेछ । प्रधानमन्त्री कपका खेलहरु टीयू, मूलपानी र भैरहवामा हुनेछ ।



प्रतिक्रिया दिनुहोस्