Logo

विपीनको कप्तानीमा प्रधानमन्त्री कपका लागि गण्डकीको टिम घोषणा



काठमाडौं,२६ पुस । विपीन खत्रीको कप्तानीमा गण्डकी प्रदेशले शनिबारबाट सुरु हुन लागेको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेटका लागि १४ सदस्यीय टिम घोषणा गरेको छ ।

गण्डकीले आज खत्रीको कप्तानीमा घोषणा गरेको टिममा समिर कँडेल (विकेट किपर), ईश्वर क्षेत्री, मुस्कान थापामगर, रोशन गौतम, कृष ऐर, आश्विन राना मगर, कमल परियार, अमृत गुरुङ, कृष्ण पौडेल, करण पंगेनी, सन्दीप पराजुली, चन्द्रकान्त पौडेल, अंकित न्यौपाने रहेका छन् ।

त्यस्तै अर्जुन रायमाझी। गोविन्द विक, तुलसीराम भण्डारी र दिनेश बुढा मगर वैकल्पीक खेलाडी चुनिएका छन् ।

पिएम कप शनिबारदेखी सुरु हुनेछ । प्रतियोगितामा ७ प्रदेश र तीन विभागीय टोली गरी १० टोली हुनेछन् । प्रतियोगिता राउन्ड रोविनको आधारमा हुनेछ । शीर्ष दुई टोली फाइनल खेल्नेछन् । file photo



प्रतिक्रिया दिनुहोस्