Logo

अंकितको कप्तानीमा प्रधानमन्त्री कपका लागि कोशी प्रदेशको टिम घोषणा



काठमाडौं,२६ पुस । अंकित सुवेदीको कप्तानीमा कोशी प्रदेशले शनिबारबाट सुरु हुन लागेको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटका लागि आफ्नो टिम घोषणा गरेको छ ।

कोशी प्रदेशले कंकीतको कप्तानीमा ४ वैकल्पीक खेलाडीसहित १८ जनालाई समेटेर आफ्नो टिम सार्वजनिक गरेको हो । कोशीको टिममा उपकप्तान फिर्दोष अन्सारी रहँदा लामो समयपछि कमल खत्रीले पनि टिममा स्थान बनाएका छन् ।

कोशी प्रदेशको टिममा अंकित सुवेदी (कप्तान),फिर्दोस अन्सारी (उप–कप्तान), सोनु अन्सारी, मिनास थापा(विकेटकिपर), आइस भट्टराई, सुजन थपलिया, सुमन गहतराज, समिर कार्की, सोनु मण्डल, कमल खत्री, हेमन राई, भुपाल लुइटेल, अभियास तिम्सिना र सौजन घिमिरे ।

वैकल्पिक खेलाडी : दीपक राज जोशी, भुपाल डंगोल, सौगात भट्टराई र अश्वीन कामत ।

पीएम कप शनिबारबाट काठमाडौंमो टीयू मैदान,मूलपानी र भैरहवाबाट सुरु हुँदैछ । पहिलो पटक राण्ड रोविनका आधारमा हुन लागेको यस प्रतियोगीतामा सात प्रदेश र तीन विभागीय टिक गरी कूल १० टिमले सहभागीता जनाउँदैछन् । हरेर टिमले एक अर्काविरुद्ध एक एक खेल खेल्नेछन् । भने शीर्ष स्थानमा रहने २ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।



प्रतिक्रिया दिनुहोस्