Logo

रुसी सेनामा कार्यरत प्युठानका एक युवकको मृत्यु



काठमाडौं,२६ पुस । रुसी सेनामा भर्ना भएका प्युठानका एक युवकको मृत्यु भएको छ । प्युठान नगरपालिका वडा नं ४ काठेवर निवासी सोनु सुनारको युक्रेन रुस युद्धमा मृत्यु भएको प्यूठान नगरपालिकाका उपमेयर देवेन्द्र बर्माले जानकारी दिए ।

बर्माले सुनारप्रति श्रदाञ्जली दिँदै सामाजिक सञ्जालमा लेखेका छन्,‘रसियन सेनामा आवद्ध प्युठान नगरपालिका वडा नं। ४ काठेवर निवासी सोनु सुनारको युक्रेन रुस युद्धमा मृत्यु भएको खबरले मर्माहत भएको छुँ । उहाँको आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।’

दुई वर्षदेखि कतारमा कार्यरत सोनु केही महिनाअघि उतैबाट रुस गएका थिए । रुस यूक्रेन युद्धका कारण यसअघि नै नेपालका १० जना युवाले ज्यान गुमाएको परराष्ट्र मन्त्रालयले पुष्टि गरिसकेको छ ।

परराष्ट्रका अनुसार रुसी सेनामा करिब दुई सय नेपाली छन्। चार जना युक्रेनी सेनाको बन्धक रहेको मन्त्रालयले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot