Logo

गण्डकीमा पूर्व सांसद क्लब गठन



काठमाडौं,२६ पुस । गण्डकीका संस्थापक प्रदेश सभा सदस्यहरु संगठित भएका छन्। पोखरामा बिहीबार भएको भेलाले पूर्वसभामुख नेत्रनाथ अधिकारीलाई विधान मस्यौदा तथा भेला आयोजक समितिको संयोजक तोक्दै पूर्व सांसद क्लब गठन गरेको हो ।

समितिको सदस्यमा श्रृजना शर्मा, मायानाथ अधिकारी, सावित्रा राना, मणिभद्र शर्मा कँडेल, ओमकला गौतम, गायत्री गुरुङ, विनोद केसी, खीमविक्रम मल्ल र धनमाया पोखरेल लामा छन्।

मञ्चको अर्को भेला प्रदेश सभा स्थापनाको दिन माघ २२ गते प्रदेश सभा परिसरमा बस्ने निर्णय गरेको छ । गण्डकी प्रदेश सभा ६० सदस्यीय छ।



प्रतिक्रिया दिनुहोस्