Logo

अनौपचारिक वाम अपमा नेपालले दियो नामिबियालाई १४२ रनको लक्ष्य



काठमाडौं,२६ पुस । आईसीसी यू-१९ विश्वकपको तयारीका लागि दक्षिण अफ्रिकामा रहेको नेपालले अनौपचारिक वाम अप खेलमा नामिबियालाई १४२ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ निम्तो पाएको नेपालले निर्धारित ३० ओभरमा ९ विकेट गुमाउँदै १४१ रन बनाएको थियो ।

नेपालका लागि दीपक डुम्रेले सर्वाधिक ३२ रन बनाए । २३ बल खेलेका डुम्रेले ३ चौका र १ छक्काको मद्दतमा ३२ रनमा अविजित रहे । आकाश त्रीपाठीले २१, बिपिन रावलले २०, दीपक बोहराले १५, विशाल केसीले १४ र उत्तम मगरले १२ रनको योगदान दिए । गुल्सन झा ३ रनमा र कप्तान देव खनाल डक आउट भए ।

बलिङतर्फ नामिबियाका जे करियाटा, एच बाडेनहर्स्ट र जी जेन्से विरुद्ध रेन्सबर्गले २–२ विकेट लिए ।

नेपालले दिएको १४२ रनको लक्ष्य पछ्याएको नामिबियाले ताजा अवस्थामा १२ ओभरको समाप्तीमा ३ विकेट गुमाएर ३५ रन जोडेको छ ।



प्रतिक्रिया दिनुहोस्