Logo

माओवादी नेता लामा भन्छन्, ‘राजसंस्था फर्कन्छ भन्नु र स्वर्गमा रहनुभएका मेरा बुबाआमा फर्कनुहुन्छ भन्नु उस्तै हो’



काठमाडौं, २८ पुस । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य कार्चेन लामा (छिरीङ डम्डुल लामा) ले नेपालमा अब अहिल्यै पनि राजसंस्था नर्फकने बताएका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले राजसंस्था फर्काउने कुरा असम्भव रहेको बताए । उनले स्वर्गीय भइसकेका आफ्ना हजुरबुबा, आमा, बुबाको उद्धाहरण उनीहरुलाई आफूले फर्काउन चाहेर पनि नसकेको बताए । राजसंस्था पनि मरिसकेको र अब कहिल्यै नफर्किने उनको टिप्पणी छ ।

‘मेरो घरपरिवारको सदस्यबाट विदाई हुनुभयो, स्वर्गमा विदाई हुनुभयो । अहिले मैले चाहेर फर्किनुहुन्छ ? मेरो आमाबुबा, हजुरबुबा भन्दा प्यारो को होला त मलाई ? फर्काउन चाहन्छु, तर हुँदैन । असम्भव ! राजसंस्था पनि एउटा युगको प्रतिनिधित्व हो । युगको एक अध्यायको अन्त्य भइसकेपछि फिल्मजस्तै हो,’– उनले भने ।

राजसंस्था फर्काउन भन्दा पनि तत्कालीन राजाहरुले जनतामाथि गरेको अन्याय, अत्याचार र ज्यादतिबारे जनतालाई सुसुचीत गराउन आवश्यक रहेको उनले बताए । दरबार हत्याकाण्डको गोलीले तत्कालीन राजा विरेन्द्रको सन्तानलाई चिनेको उनको टिप्पणी छ । सोही ठाउँमा रहेका ज्ञानेन्द्रका सन्तानलाई लाग्दै नलाग्ने गोलीनै अच्चम्मको भएको उनले टिप्पणी गरे । उनले ज्ञानेन्द्रले आफ्नै छोरालाई सम्हाल्न नसकेको अवस्थामा मुलुकनै सम्हाल्न सक्छन् भन्नु हाँस्यास्पद रहेको बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot