काठमाडौं, २८ पुस । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहको पार्टीले समेत आफूहरुलाई नगनेको बताएका छन् ।
आज (शनिबार) शंकरापुरमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले मोहन विक्रमको पार्टी कमजोर भएपनि आफूहरुलाई नसुनेको बताएका हुन् । उनले पार्टीका नेता तथा कार्यकर्तालाई नयाँ–नयाँ व्यक्तिलाई पार्टी सदस्य बनाउन आग्रह गरे । सदस्यताको व्यापक विस्तार गर्न आग्रह गदैै उनले पार्टी बलियो बनाउने काममा लाग्न आग्रह गरे ।
‘बलियो पार्टीको कुरा अरुले सुन्छन् । कमजोर पार्टीलाई कसैले सुन्दैन । हुन त कमजोर पार्टीले बलियो पार्टीको कुरा पनि सुन्दैन । हामीभन्दा कमजोरनै भएपनि मोहन विक्रम सिंहको पार्टीले हामीलाई सुन्छ ? सुन्दैसुन्दैन,’– उनले भने ।