Logo

राष्ट्रिय सभा निर्वाचनः गठबन्धन दलका शीर्ष नेताहरुलाई संयुक्त वक्तव्य जारी गर्न अनुरोध गर्ने निर्णय



काठमाडौं, २८ पुस । सत्तारुढ दलको राष्ट्रिय सभा निर्वाचन केन्द्रीय समन्वय समितिले मतदाताहरुसँग गठबन्धनका उम्मेदवारहरुको पक्षमा मतदानका लागि गठबन्धन दलका शीर्ष नेताहरुलाई संयुक्त वक्तव्य जारी गर्न अनुरोध गर्ने भएको छ ।

आज (शनिबार) बसेको सत्तारुढ गठबन्धन दलको राष्ट्रिय सभा निर्वाचन केन्द्रीय समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो । साथै, बैठकले राष्ट्रिय सभा निर्वाचन केन्द्रीय समन्वय समिति– २०८० को सचिवमा अधिवक्ता केशवराज जोशीलाई चयन गर्ने निर्णय गरेको छ ।

त्यसैगरी, राष्ट्रिय सभा निर्वाचन प्रदेश समन्वय समिति र जिल्ला समन्वय समिति गठबन्धन उम्मेदवारहरुको पक्षमा मतदाताहरुसँग चुनाव प्रचारप्रसारदेखि मतगणनासम्म गर्नुपर्ने कार्यहरुको बारेमा आवश्यक निर्देशन दिनेसमेत निर्णय भएको छ ।

राष्ट्रिय सभामा रिक्त हुन लागेको २० सिटमध्ये १९ सिटमा आगामी माघ ११ गते निर्वाचन हुँदैछ । सत्तारुढ गठबन्धन दलले उक्त निर्वाचनमा साझा उम्मेदवार उठाएका छन् । जसमा नेपाली कांग्रेसले १० सिट, नेकपा (माओवादी केन्द्र) ले ६ सिट, नेकपा (एकीकृत समाजवादी) ले २ सिट र जनता समाजवादी पार्टीले १ सिटमा साझा उम्मेदवार उठाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot