चितवन, २८ पुस । भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी चालक अनुमतिपत्र छपाइ नरोकिने बताएका छन् । ड्राइभिङ स्कुल सङ्घको पाँचौं महाधिवेशनलाई सम्बोधन गर्दै उनले माघ १ गतेदेखि लाइसेन्स छपाइ सुरु हुने बताएका हुन् ।
“आज मात्रै ६ लाख कार्ड ल्याइएको छ भने अन्य ६ लाख कार्ड ल्याउने तयारीमा छौं। लाइसेन्स छपाइ र वितरण नरोकिने गरी काम अघि बढाउँछौँ ।” उनले भने, “माघ १ गतेदेखि १३ लाख कार्ड छपाइमा जान्छ । अनि समस्या हट्दै जान्छ,”– उनले भने ।
सवारी चालक अनुमतिपत्र छपाइको काम विगत एक वर्षदेखि रोकिएको छ ।