Logo

गठबन्धन सरकार बनेपछि विकास निर्माण ठप्प भयोः महेश बस्नेत



काठमाडौं, २८ पुस । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले भक्तपुरमा एमालेले सुरु गरेका २२ वटा सडकका योजनाहरू गठबन्धन सरकारले काट्ने र ढिलासुस्ती गर्ने काम गरिरहेको टिप्पणी गरेका छन् ।

आज (शनिबार) अरनिको राजमार्गको आदर्श चोकबाट सिपाडोल सूर्यविनायक नगरपालिका– ८ वडा कार्यालय हुँदै दोर्लाङ्ग घ्याम्पे डाँडा जाने सडकको दोस्रो खण्ड निर्माण र कालोपत्रे गर्ने कार्यको शिलान्यास गर्दै बस्नेतले एमालेले सुरु गरेको ठूला सडक, स्मार्ट सिटी लगायतका कुराले जग्गा धेरै काटिन्छ, व्यक्तिगत सम्पत्ति नाश हुन्छ भनेर विरोधीले फिँजाएको बताए ।

उनले विरोधीहरुले फिँजाएको भ्रम चिर्न नसक्दा चुनावमा सोचेको परिणाम आउन नसकेको समेत बताए । ‘विकास धेरै गरेर हामीले जनतालाई भ्रम पनि धरै छर्ने मौका दियौँ कि ? विकासमा मोर्डन चेतनालाई अलिकति अगाडि बढाउन सकेनौँ कि ?’ उनले प्रश्न गरे ।

गठबन्धन सरकार बनेपछि विकास निर्माणका काम पछाडि परेको र विकास काम ठप्प भएपछि मानिसहरूले बल्ल बुझ्न लागेको बस्नेतको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्