Logo

प्रधानमन्त्री कप: बागमतीविरुद्ध एपीएफको खराब सुरुआत,आर्मी छाडेका कप्तान रोहित २ रनमा आउट



काठमाडौं,२९ पुस । राजधानीमा जारी प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेटमा सशस्त्र प्रहरी बल (एपीएफ) ले बागमती प्रदेशविरुद्ध खराब सुरुआत गरेको छ ।

कीर्तिपूरस्थित टीयू मैदानमा टस हारेर सुरुवातमा ब्याटिङ गरिरहेको एपीएफले १४ ओभरमा ५ विकेट गुमाउँदा मात्र ४८ रन जोडेको छ ।

त्रिभुवन आर्मी क्लब छोडेर सशस्त्र प्रहरी बल (एपीएफ) क्लब प्रवेश गरेका राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेल पहिलो खेलमा २ रनमा आउट भएका छन् । आर्मीबाट फर्किएपछि एपीएफबाट उनको यो पहिलो खेल हो ।

एपीर्एफका लागि प्रज्वल शाही १० र असिफ शेख १५ रन बनाएर आउट भए । बागमतीका रिजन ढकाल र सूर्य तामाङले समान २ र प्रतिश जिसीले १ विकेट लिएका छन् ।



प्रतिक्रिया दिनुहोस्