Logo

कांग्रेस नेता भण्डारीको टिप्पणीः ‘केपी ओली अटेरी नेता’



काठमाडौं, २९ पुस । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले नेकपा (एमाले) का नेता केपी शर्मा ओलीलाई अटेरी र कसैका कुरा नसुन्ने नेताको रुपमा चित्रण गरेका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले ओलीबाहेक अरु नेताहरुले अरुको कुरा पनि सुन्ने गरेको उनले बताए । पार्टी सभापति शेरबहादुर देउवातर्फ लक्षित गर्दै उनले २१औं शताब्दीमा नेता कस्तो छ भन्दा पनि नेताको पछाडिका मान्छे कस्ता छन् भन्नेबारे बुझ्न आवश्यक रहेको बताए ।

‘नेताहरु अलि अटेरी, धेरै मान्छेका कुरा नसुन्ने केपी ओलीजीले हो । उहाँमा नलेज छ । अरु नेताहरुले नसुन्ने पनि होईन । यो २१औं शताब्दीमा नेता कस्तो छ भन्ने भन्दा पनि नेताको पछाडि मान्छे कस्तो छ भन्ने कुरा पनि हो,’– उनले भने ।

देश निर्माणका लागि यहाँका विज्ञ र राजनीतिज्ञले सही काम गर्न नसकेको उनको आरोप छ । उनले नेपालका धेरैजसो उद्योगपतिहरु र राजनीतिकर्मी दुवैले माफियागिरी चलाएको बताए । नेपालका उद्योगपतिले यहाँ उद्योग खोलेर कुनै समस्याको समाधान गर्न नसकेको उनको टिप्पणी छ ।



प्रतिक्रिया दिनुहोस्