Logo

सन्दीपको शानदार शतकमा एपीएफले दियो बागमतीलाई २४२ रनको चुनौतीपूर्ण लक्ष्य



काठमाडौं,२९ पुस । मध्यक्रमका ब्याटर सन्दीप जोराको शानदार शतकमा राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा एपीएफले बामगती प्रदेशलाई २४२ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ ।

त्रिवि मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर २४१ रन जोड्यो ।

एपीएफका लागि शतक प्रहार गरेका जोराले ११७ बलमा ७ चौका र ५ छक्का प्रहार गर्दै ११२ रनको शतकीय पारी खेले । पाँचौं क्रममा आएका उनले एकतर्फबाट क्रिज सम्हाल्दै टिमको लागि महत्वपूर्ण शतकीय पारी खेलेका हुन् । यसवर्षको प्रधानमन्त्री कप क्रिकेटमा शतक बनाउने सन्दीप दोस्रो खेलाडी हुन् । शनिबार नेपाल पुलिसका रसिद खानले पनि शतक बनाएका थिए ।

४१ रनमा पाँच विकेट गुमाएको एपीएफका लागि उनले लोकेश बमसँग ६१ रनको अर्धशतकीय साझेदारी गर्दै एपीएफलाई १०७ सम्म डोर्‍याएका थिए ।

त्यस्तै एपीएफका लागि आशिफ शेखले १५, अमर रौटेललाले २२ तथा अविनाश बोहराले १८ रन जोडे भने १८ रन अतिरिक्तमा पाएको थियो । बलिङतर्फ बागमतीका सूर्य तामाङले तीन तथा रिजन ढकाल र प्रतिश जिसिले समान २ विकेट लिए । एपीएफको यो पहिलो खेल हो भने बागमती पहिलो खेलमा नेपाल पुलिससँग पराजित भएको थियो ।



प्रतिक्रिया दिनुहोस्