Logo

मधेश र लुम्बिनीबाट आफ्ना उम्मेदवार फिर्ता बोलाउन जनमतलाई प्रचण्डको आग्रह, सिके राउतले गरे अस्वीकार



काठमाडौं,२९ पुस । आसन्न राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध मधेश र लुम्बिनी प्रदेशमा उम्मेदवारी दिएपछि जनमत पार्टी र सत्तारुढ अन्य दलबीच दूरी बढेको छ ।

सत्तारुढ दलमा भएको भागबन्डाविरुद्ध जनमत पार्टीले मधेश र लुम्बिनीमा आफनै उम्मेदवार उठाएको थियो । जनमत पार्टीले लुम्बिनी प्रदेशमा बालगोविन्द चौधरी र मधेस प्रदेशबाट रामशंकर महासेठलाई उम्मेदवार बनाएको छ । मधेस प्रदेशमा जनमत पार्टीको मतभार ४२४ रहेको छ भने लुम्बिनी प्रदेशमा १४४ रहेका छन् ।

जनमतले सत्ता गठबन्धनसँग माघ ११ गते हुन लागेको निर्वाचनमा १९ सिटमध्ये १ सिटमा दाबी गरेको थियो । तर, सत्तारुढ ४ दलले साना दललाई कुनैपपनि सिट नदिएपछि सरकारसँग जनमत पार्टी चिँडिएको छ ।

यसैबीच आधिकारिक उम्मेदवारविरुद्ध आफ्नै उम्मेदवार खडा गरेको जनमतलाई आफ्ना उम्मेदवार फिर्ता बोलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेको आग्रहलाई जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले अस्वीकार गरेका छन् ।

आइतबार बिहान बसेको सत्तारुढ दलको बैठकले जनमतलाई उम्मेदवार फिर्ता गर्न आग्रह गर्ने निर्णय गरेको थियो भने शुक्रबार प्रधानमन्त्री प्रचण्ड स्वयंले पनि राउतसँग फोनमा कुरा गर्दै उम्मेदवार फिर्ता लिन आग्रह गरेका थिए । स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डको उक्त आग्रह राउतले ठाडै अस्वीकार गरेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्