काठमाडौं,२९ पुस । नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले शिक्षा क्षेत्रमा निजी क्षेत्रको लगानी पूर्णरुपमा बन्द गर्नुपर्ने बताएको छ ।
आइतबार संघीय संसद्अन्तर्गतको प्रतिनिधि सभाको शिक्षा,स्वास्थ्य तथा सुचना समितिको बैठकमा बोल्दै अनेरास्ववियुका अध्यक्ष समिक बडालले विद्यालय शिक्षा विधेयकको ऐनमा नै व्यवस्था गरेर निजी लगानी बन्द गर्नुपर्ने बताएका हुन् ।
उनले कानून बनाएर नै निजी क्षेत्रको लगानीलाई गुठीमा लैजानुपर्ने बताए ।अध्यक्ष बडालले भने, ‘शिक्षाको उदेश्य ऐनमा स्पस्ट आएको छैन् । त्यसैले प्रस्तावनामा नै संसोधन गर्नुपर्ने जरुरी देखिन्छ । शिक्षामा ऐनमा नै व्यवस्था हुनुपर्छ, शिक्षा क्षेत्रमा निजी लगानी बन्द गर्नुपर्छ । र निजी विद्यालयलाई निश्चित समय दिएर गुठीमा लौजानुपर्छ । गुठीमा जाने कुरालाई यो ऐनले प्रोत्साहन गरेको छ । त्यसैले यसलाई सच्याउन आवश्यक छ । विद्यालय तहमा अंग्रेजी विषय अनिवार्य गरिनुपर्ने कुरा पनि स्वीकार छैन् ।’ file photo