Logo

क्रिकेटर अप्सरी बेगम झापामा सम्मानित



काठमाडौं,२९ पुस । राष्ट्रिय महिला क्रिकेट टोलीकी सदस्य अप्सरी बेगमलाई झापाको मेचीनगरमा सम्मान गरिएको छ ।

मेची मासु उत्पादक सहकारी संस्था लिमिटेड झापाले १६ औँ वार्षिक साधारणसभाको अवसर पारेर आइतबार क्रिकेटर अप्सरीलाई सम्मान गरेको हो । उनलाई ५ हजार रुपैयाँ सहित पुरस्कृत गरिएको हो ।

राष्ट्रिय सहकारी बैंकका लेखा सुपरीवेक्षण समिति संयोजक लक्ष्मीप्रसाद उप्रेती, संस्थाका अध्यक्ष भगिरथ राई लगायतले सम्मान गरेका थिए ।

अप्सरी नेपाली राष्ट्रिय महिला टिमकी अलराण्डर हुन । भर्खरै सम्पन्न भएको प्रधानमन्त्री कप महिला क्रिकेटमा कोशी प्रदेशबाट खेलेकी उनले अलराण्डर प्रदर्शन गरेकी थिईन् । फाइनल खेलमा एपीएफसँग पराजित भएपछि उपाधिबाट बिमुख भएपनि प्रतियोगिताभर नै उनको प्रदर्शन उत्कृष्ट रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot