काठमाडौं,१ माघ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा विभागीय टिम त्रिभुवन आर्मी क्लबका कप्तान विनोद भण्डारीले मधेश प्रदेशविरुद्ध शतक प्रहार गरेका छन् ।
कीर्तिपूरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ गरेको आर्मीका लागि कप्तानसमेत रहेका भण्डारीले ८९ बलमा ९ चौका र ४ छक्का हिर्काउँदै शतक पूरा गरेका हुन् । उनले पाँचौ विकेटका लागि अर्का ब्याटर कुशल मल्लसँग मिलेर १३४ रनको शतकीय साझेदारी गरिरहेका थिए । अहिले भण्डारी १०१ बनाए खेल्दा मल्ल ३६ रनमा आउट भएका छन् ।
भण्डारी र मल्लको उत्कृष्ट साझेदारीसँग आर्मी विशाल योगफतर्फ निर्माणतर्फ अघि बढिरहेको छ । ताजा अवस्थामा आर्मीले ४२ ओभरमा ५ विकेट गुमाएर २३९ रन जोडिसकेको छ । यो संस्करणमा विनोदको शतक तेस्रो हो । यसअघि एपीएफका सन्दीप जोरा र पुलिसका रसिद खानले शतक प्रहार गरेका थिए ।