Logo

मैले जनताको चाहना र भावना बुझेको छु, पछाडि फर्कन कोही चाहँदैनन्ः राष्ट्रपति पौडेल



काठमाडौं, १ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले परिकल्पना गरेका कुरा कानुन बनाएर व्यवस्थित गर्न नसक्दा जनतामा निराशा छाएको बताएका छन् । आज (सोमबार) माघी पर्वका अवसरमा शीतल निवासमा दलका नेता र सांसदहरुलाई बोलाएर उनले संविधान कार्यान्वयन हुन नसक्दा जनतामा निराशा छाएको बताएका हुन् । उनले अब नेपाली जनताले पछाडि फर्किन नचाहेको समेत बताए । संविधान कार्यान्वयनको सवालमा गम्भीर बन्न उनले सांसदहरुलाई आग्रह गरे ।

‘देशमा निराशा इत्यादी आएका छन्, ती यो कार्यान्वयनको कमीले हो । अब पछाडि फर्कन कोही जनता चाहँदैनन् । मैले पनि नेपाली जनताको चाहना र भावना बुझेको छु,’– उनले भने ।

जनताको चाहना अगाडि बढ्ने रहेको बताउँदै राष्ट्रपति पौडेलले संविधानलाई कार्यान्वयन गर्ने, संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्र सारकार पार्नेतिर लाग्न आग्रह गरे ।

संविधानले परिकल्पना गरेका कुराहरुलाई व्यवहारमा उर्तान कानुन बनाउन आवश्यक रहेको उनले बताए । राष्ट्रपति पौडेलले कानुनहरुको निर्माण छिटोभन्दा छिटो हुन जरुरी रहेको बताए । जनताको आशालाई निराशामा परिणत नगर्न सांसदहरुलाई आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot