काठमाडौं,१ माघ । विभागीय टिम नेपाल एपीएफ क्लबका कप्तान रोहितकुमार पौडेलले जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा कोशी प्रदेशविरुद्धको खेलमा आक्रामक ब्याटिङ गर्दै अर्धशतक प्रहार गरेका छन् ।
कोशीले दिएको १३६ रनको सामान्य लक्ष्य पछ्याउनेक्रममा रोहितले ३९ बलमा ४चौका र १ छक्का हिर्काउँदै अर्धशतक प्रहार गरेका हुन् । ताजा अवस्थामा रोहित ४५ बलमा ९ चौका र २ छक्कासहित ६४ रन बनाएर खेलिरहेका छन् । १३६ रनको लक्ष्य पछ्याएको एपीएफले ताजा अवस्थामा १५ ओभरमा १०९ रन जोडेको छ ।
रोहित प्रधानमन्त्री कपको पूर्वसन्ध्यामा अर्को विभागीय टिम त्रिभुवन आर्मी छाडेर एपीएफमा भित्रिएका थिए । उनी पहिलो खेलमा ब्याटिङमा २ रनमा आउट हुँदा बलिङतर्फ भने ४ विकेट लिँदै टिमलाई विजयी सुरुवात गराएका थिए भने आजपनि बलिङमा उनले तीन विकेट लिएका छन् ।