काठमाडौं,१ माघ । पूर्व राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्का माओवादी केन्द्रमा प्रवेश गरेका छन् । सोमबार नेपाल पत्रकार महासंघ अर्घाखाँचीले आयोजना गरेको कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनलाई पार्टीमा स्वागत गरेका हुन् ।
खड्का पूर्व राष्ट्रियसभा सदस्य हुन् । तत्कालीन नेकपाको विभाजनपछि उनी एमाले सचिव टोपबहादुर रायमाझीसँगै एमालेमा बसेका थिए । एमालेमा बसेपछि उनको राष्ट्रियसभा सदस्य पद गुमेको थियो ।
। उनी माओवादीको युद्धकालीन समयदेखि नै विशेष जिम्मेवारी लिएका नेता हुन् । पछिल्लो समय एमालेले उपयुक्त जिम्मेवारी नदिएको भन्दै असन्तुष्टि जनाउँदै आएका थिए । रायमाझी नक्कली भुटानी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेपछि खड्का एमालेको कुनै पनि कार्यक्रममा देखिएका थिएनन् ।