Logo

लुम्बिनीलाई हराउँदै प्रधानमन्त्री कप क्रिकेटमा सुदूरपश्चिमको विजयी सुरुआत



काठमाडौं,१ माघ । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा विजयी सुरुआत गरेको छ । सोमबार सुदूरपश्चिमले लुम्बिनीलाई ५ विकेटले हराउँदै विजयी सुरुआत गरेको हो । लुम्बिनीले दिएको १५९ रनको सामान्य लक्ष्य सुदूरपश्चिमले ३० ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।

सुदूरका लागि शेर मल्ल र नारायण जोशीले अविजित रहँदै क्रमश ४२ र २८ रन बनाए । त्यस्तै खड्ग बोहराले २१ तथा टेक रावतले १८ रन थपे । बलिङतर्फ लुम्बिनीका अभिषेक गौतमले तीन विकेट लिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot