Logo

रावत, बोहरा र ठगुन्नाको अर्धशतकमा सुदूरपश्चिमले दियो कर्णालीलाई २७८ रनको विशाल लक्ष्य



काठमाडौं,२ माघ । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेटअन्तर्गत कर्णाली प्रदेशविरुद्ध सुदूरपश्चिम प्रदेशले उत्कृष्ट प्रदर्शन गर्दै २७८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । रुपन्देहीस्थित सिद्धार्थनगर क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सदूरपश्चिमले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर २७७ रन जोड्यो ।

सुदूरपश्चिमका लागि ओपनरद्धय खडक बोहरा र टेक रावत दुवैले अर्धशतक प्रहार गर्दा किरण ठगुन्नाले पनि अर्धशत प्रहार गरे । ११४ बलको सामना गरेका बोहराले ६ चौका हिर्काउँदै ८० रन जोड्दा ९१ बलमा ७ चौकाको मद्दतमा रावतले ५९ रन जोडे । ठगुन्नाले ३३ बलमा ५ चौका र ३ छक्कासहित ५० रन बनाए । त्यस्तै नारायण जोशीले १२ बलमा नटआउट रहँदै ३ छक्का र १ चौकासहित ३१ रन जोडे भने कप्तान राजु रिजाल १९ र नरेन भट्ट १५ रन बनाएर आउट भए ।

बलिङतर्फ कर्णालीका दिनेश अधिकारी, युनिस सिंह, प्रकाश जैशी र दिपेन्द्र रावतले समान १ विकेट लिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot