Logo

भंगहा-जयनगर रेलभित्र लडेर एक यात्रुको मृत्यु



काठमाडौं,२ माघ । नेपालमा सञ्चालित एकमात्र रेल सेवा भंगहा-जयनगर रेलभित्रै अचानक लडेर एक यात्रुको मृत्यु भएको छ ।

मृत्यु हुनेमा महोत्तरीको लोहरपट्टी नगरपालिका ४ खुट्टापिपराढीका अन्दाजी ५० वर्षीय रामएकवाल पण्डित रहेको प्रहरीले जनाएको छ ।

उनी रेल चढेर जयनगरबाट जनकपुर आउँदै थिए । कर्मचारीले टिकट मागेपछि निकाल्ने क्रममा उनी रेलभित्रको सिटमै ढलेका थिए। अन्य यात्रुले सिटमा ढलेका उनको त्यहीँ ज्यान गएको बताइएको छ ।

मृतक पण्डितको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।



प्रतिक्रिया दिनुहोस्