Logo

एमालेका मनोनीत ६ जना केन्द्रीय सदस्यले लिए शपथ



काठमाडौं,२ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटीमा मनोनीत भएका ६ जना सदस्यले शपथ लिएका छन् ।

एमाले मूख्यालय च्यासलमा आज एक कार्यक्रमकाबीच अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।

एमाले सचिवालय बैठकले कोशी प्रदेशका पूर्वअध्यक्ष तुलसी प्रसाद न्यौपाने, मधेस प्रदेशका राम अवतार यादव, बाग्मतीका केशवराज पाण्डे, कर्णालीका विनोद शाह र सुदूरपश्चिम प्रदेशका पूर्व प्रदेश अध्यक्ष दामोदर भण्डारी र झापा जिल्ला अध्यक्ष दीपक थापालाई रिक्त केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको थियो ।

गत पुस २० गते बसेको एमाले सचिवालय बैठकले ५ पूर्व प्रदेश अध्यक्ष र एक जिल्ला अध्यक्षलाई केन्द्रीय सदस्य मनोनीत गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्