काठमाडौं, २ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या तत्काल समाधान गर्न निर्देशन दिएका छन् ।
आज (मंगलबार) स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई बालुवाटार बोलाएर प्रधानमन्त्री प्रचण्डले प्रतिष्ठानका कार्यकारिणी समितिको बैठक बोलाएर त्यहाँका शिक्षक, कर्मचारी र चिकित्सकहरुको माग सम्बोधन गर्न निर्देशन दिएका हुन् ।
स्वास्थ्यजस्तो संवेदनशीले क्षेत्रको सेवा पछिल्लो समय प्रभावित भइरहेको भन्दै उनले स्वास्थ्यमन्त्री बस्नेतलाई सचेतसमेत गराए । प्रतिष्ठानको समस्याका कारण विरामी र सर्वसाधारणले दुःख पाइरहेका भन्दै प्रधानमन्त्री प्रचण्डले यसलाई गम्भीर रुपमा लिन आग्रह गरे ।
लामो समयदेखि रोकिएको पदोन्नतिको विषयमा पूर्वसहमतिअनुसार प्रक्रिया अगाडि नबढेको भन्दै प्रतिष्ठाका चिकित्सकहरुले आन्दोलन गरिरहेका छन् ।