Logo

मधेश प्रदेशमा आज स्वाभिमान दिवस मनाइँदै



काठमाडौं,३ माघ । मधेश प्रदेशले आज स्वाभिमान दिवस मनाउँदैछ । २०७८ माघ ३ गते प्रदेशको नामकरण ‘मधेश’ र राजधानी जनकपुरधाम पारित भएको अवसरमा आज स्वाभिमान दिवस मनाउन लागिएको हो ।

२६ पुसमा बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले ३ माघलाई स्वाभिमान दिवसको रूपमा मनाउने निर्णय गरेको थियो ।

३ माघ २०७८ मा बसेको प्रदेशसभाको बैठकले तत्कालीन २ नम्बर प्रदेशलाई मधेश प्रदेश नामाकरण गरेको थियो भने अस्थायी राजधानी जनकपुरधामलाई स्थायी राजधानी तोकेको थियो ।

मधेशका पहिलो मुख्यमन्त्री मोहम्मद लालबाबु राउत नेतृत्वको सरकारले लामो प्रयासपछि प्रदेशको नामकरण र राजधानी चयन गरेको थियो ।

स्वाभिमान दिवस धुमधामसँग मनाउने निर्णय गरेको प्रदेश सरकारले सार्वजनिक बिदा भने दिएको छैन् ।



प्रतिक्रिया दिनुहोस्